Kathmandu Press

जसपाका नेपालका नेता एवं पूर्व सांसद साह माओवादीमा प्रवेश

नेता साह ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ अन्तर्गत विहीबारसर्लाहीको मलंगवामा आयोजित सभामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 
जसपाका नेपालका नेता एवं पूर्व सांसद साह माओवादीमा प्रवेश

काठमाडौं, फागुन २३ : जसपाका नेपालका नेता प्रमोद साह नेकपा माओवादीमा प्रवेश गरेका छन् । साह एवं पूर्वसांसद समेत हुन्। 

नेता साह ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ अन्तर्गत विहीबारसर्लाहीको मलंगवामा आयोजित सभामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 

उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरे। 

साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। साहसँगै जसपा नेपाल सहित अन्य विभिन्न दलका नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। 
 
प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्