Kathmandu Press

म फेल भएको होइन, अलि बढी हौसिएको हुँ : मन्त्री दाहाल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७ अंकमात्र पाएपछि चौतर्फी आलोचना भोगिरहेका मन्त्री दाहालले आफू फेल नभएको कमजोर नरहेको जिकिर गरेका छन्।
म फेल भएको होइन, अलि बढी हौसिएको हुँ : मन्त्री दाहाल

काठमाडौं, फागुन २३ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन मुल्यांकनमा आफू फेल नभएको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अली बढी हौसिएको तर कमजोर नभएको बताएका हुन्।

Hardik ivf

‘पूर्व–पश्चिम, उत्तर–दक्षिणका राजमार्ग बन्दै छन्। जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको छ। तीन सय बढी किमी कालोपत्रे भएको छ । हामी रेलको कुरा गरिरहेका छौं। सरकारले यस अवधिमा एक किलोमिटर रेलमार्गको लक्ष्य राखेको थियो,’ उनले भने, ‘तर, तीन किमी लिग निर्माण भएको छ । तर स्मार्ट लाईसेन्स वितरणमा कमजोर देखियो। मैले पुस मसान्तसम्म नौं लाख स्मार्ट लाइसेन्स वितरण गर्छु भनेको थिएँ। तर, हालसम्म एक लाख ६९ हजार भन्दा बढी लाइसेन्स वितरण गरेका छौं। यसमा म अलि हौसिएछु।’

मन्त्री दाहालले राजमार्गहरूमा अपेक्षित सफलता हासिल गरिएको बताए । ग्वार्को फ्लाई ओभरमा पनि हौसिएको बताए। 

‘ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ। इपीसी मोडलमा बनाउन थालेका रहेछौँ। पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो,’ उनले भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७ अंकमात्र पाएपछि चौतर्फी आलोचना भोगिरहेका मन्त्री दाहालले आफू फेल नभएको कमजोर नरहेको जिकिर गरेका छन्।

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्