Kathmandu Press

कोटिहोमको भूमिपूजनमा झडप, नगर प्रहरीसहित १३ जना घाइते

कोटिहोम गर्ने पक्ष र नगर प्रहरीबिच बिहान झडपमा ५ जना नगर प्रहरी र ८ जना कोटिहोम पक्षधरका घाइते भएकाछन्।
कोटिहोमको भूमिपूजनमा झडप, नगर प्रहरीसहित १३ जना घाइते

कास्की, फागुन २३ : पोखराको लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा विहीबार झडप हुँदा १३ जना घाइते भएका छन्। 

कोटिहोम गर्ने पक्ष र नगर प्रहरीबिच बिहान झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नगर प्रहरी र कोटिहोम पक्षका गरी १३ जना घाइते भएका हुन्। घाइतेमध्ये ५ जना नगर प्रहरी र ८ जना कोटिहोम पक्षधरका छन्।

Hardik ivf

घाइतेको मेट्रोसिटी हस्पिटल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। नगर प्रहरीले भूमिपूजन रोक्न भनेपछि आयोजक पक्षका युवाहरु आक्रमणमा उत्रेको जनाइएको छ। 

मानव सेवा फाउन्डेसनले लेकसाइडमा आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म ‘श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ गर्ने तयारी छ। 

यसअघि फाउन्डेसनले पोखराका चौतारीहरु जथाभावी काटेपछि महानगरले ती काठ समेत जफत गरेको थियो। 


 

प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्