Kathmandu Press

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : सांसद डीपी अर्याल

घुस सङ्कलन भइरहेकाे विषयमा मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर भएको बताउँदै उनले मन्त्रालय घुसको अड्डा बनेको हो? भन्दै प्रश्न गरे।
श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : सांसद डीपी अर्याल

काठमाडौं, फागुन २३ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन्।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको छ। 

Hardik ivf

घुस सङ्कलन भइरहेकाे विषयमा मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर भएको बताउँदै उनले मन्त्रालय घुसको अड्डा बनेको हो? भन्दै प्रश्न गरे।

‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन। हामीसँग श्रम मन्त्रालय छ। मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो। तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएकाे, ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप छ,’ उनले भने, ‘अहिले आएर भविष्य यहाँ नदेखेर विदेश जान बाध्य श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको सर्बत्र बजारमा जानकारी छ। प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदा समेत पनि बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनिरहेको छ । सरकारको गम्भिर ध्यानाकर्षण होस्,’ उनले भने। 

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्