Kathmandu Press

गौरका मेयर शम्भु साहलाई नामुद तस्कर हुन्, उनलाई कारबही गरियोस् : सांसद सिंह

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरिरहेको बताए। उनले मेयर साहलाई कारबाही गर्न पनि माग गरे।
गौरका मेयर शम्भु साहलाई नामुद तस्कर हुन्, उनलाई कारबही गरियोस् : सांसद सिंह

काठमाडौं, फागुन २३ : स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन्। मेयर शाहकै कारण अहिले गौर अशान्त रहेको उनले बताए।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरिरहेको बताए। उनले मेयर साहलाई कारबाही गर्न पनि माग गरे।

Hardik ivf

‘अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेको छ। आगो बल्नुको कारण त्यहाँका मेयर हुन्। जो पहिला नामुद तस्कर थिए र छन्। हाम्रो राजनीतिले तस्कर, विचौलियालाई नेता बनाउन खोज्यो र उसले आफ्नो पुरानो पेशा कहिले पनि छाड्न चाहेन,’ उनले भने, ‘२०१० सालमा आजभन्दा ७१ वर्ष पहिला भारतीय नागरिकले गौरमा राइस मिल खोले। गौरमा ६ विघा जग्गा पनि छ। उनी निःसन्तान थिए। २०५७ सालमा मिलको पार्टपूर्जा बेच्न लाग्दा प्रहरीले अलिहेको मेयरलाई समात्यो। अहिले त्यही मेयरको मिलेमतोमा नक्कली भारतीयलाई खडा गरेर पर्साबाट नागरिकता दिलाएर, मोहियानी हक कायम गराएर, जग्गामा चलखेल गर्न खोजिरहेको छ।’

सांसद सिंहले उनले राइस मिलको ६ विघा जग्गामा मेयर साहले आँखा लगाइरहेको बताए। उनले  भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएर नक्कली मोही खडा गरी त्यसमा चलखेल भइरहेको बताए।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्