Kathmandu Press

सञ्चारमन्त्रीको प्रश्न– दरबारको रक्षा गर्न नसक्ने राजतन्त्रले देशको रक्षा कसरी गर्छ?

‘राजाले कसरी देश बचाउँछ ? दुनियाँको कुन देशमा राजाले देश बचाएको छ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, जहाँ मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उनले भने। 
सञ्चारमन्त्रीको प्रश्न– दरबारको रक्षा गर्न नसक्ने राजतन्त्रले देशको रक्षा कसरी गर्छ?

काठमाडौं, फागुन २३ : सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दरबारको सरक्षा गर्न नसक्ने राजतन्त्रले देशको रक्षा कसरी गर्छ भन्दै प्रश्न गरेका छन्। 

प्रवक्ता गुरुङले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापमाथि टिप्पणी गर्दै हैसियत भुलेको पनि बताए। 

‘राजाले कसरी देश बचाउँछ ? दुनियाँको कुन देशमा राजाले देश बचाएको छ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, जहाँ मेरिटोक्रेसी र प्रतिस्पर्धाको कुनै गुन्जायस हुँदैन,’ उनले भने। 

उनले एउटा कुलमा जन्मिएकै कारणले मुलुकको तीन करोड जनताको सबैभन्दा श्रेष्ठ ठहरिने र जनतालाई शासनमुनि बस्न बाध्य पारिने प्रणाली कसरी मान्ने ? भन्दै प्रश्न पनि गरे। 

‘राजावादीहरू मच्चिँदैमा राजा फर्किन्छ जस्तो लाग्दैन,’ उनले भने । 

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्