Kathmandu Press

जनप्रतिनिधिले जनताको सेवकको रूपमा काम गर्नुपर्छ : सभापति देउवा 

महोत्तरीको मनरा शिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सभापति देउवाले जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको बताए। 
जनप्रतिनिधिले जनताको सेवकको रूपमा काम गर्नुपर्छ : सभापति देउवा 

महोत्तरी, फागुन २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनप्रतिनिधिहरूले आफूलाई जनताको सेवकको रूपमा लिएर काम गर्नुपर्ने बताएका छन्। 

महोत्तरीको मनरा शिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै सभापति देउवाले जनताको सेवा नै सर्वोपरि कर्तव्य, लक्ष्य भएको बताए। 

Hardik ivf

कार्यक्रममा देउवाले स्थानीय तहले कृषि, पर्यटनलगायत क्षेत्रमा आधुनिकीकरण गरेर आर्थिक प्रगति गर्न सीपमुलुक तालिमको अभियान सुरु गरेर ठूलो मात्रामा स्थानीय रोजगारी सिर्जना गर्न सक्ने बताए।

स्थानीय उत्पादनहरूको प्रवद्र्धन तथा बजारीकरण गर्नेदेखि नवप्रवर्तनात्मक क्षेत्रको पहिचान गरेर आर्थिक रूपमा सम्पन्न नगर बनाउन सकिने भनाई देउवाको थियो। 

‘सडक, बिजुली, खानेपानी, सिँचाइलगायतका क्षेत्रको विस्तारमा नगर, प्रदेश सरकार र केन्द्रीय सरकार सहकार्य गरेर अघि बढ्नु पर्छ,’ देउवाले भने।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्