Kathmandu Press

दूरसञ्चार प्राधिकरणमा २३ करोड भ्रष्टाचार ठहर, दुई पूर्वअध्यक्षलाई जेल सजाय 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार ठहर भएको हो। प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल भ्रष्टाचारी ठहर भएका हुन्। 
दूरसञ्चार प्राधिकरणमा २३ करोड भ्रष्टाचार ठहर, दुई पूर्वअध्यक्षलाई जेल सजाय 

काठमाडौं, फागुन २३ : विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्षले भ्रष्टाचार गरेको ठहर गरेको छ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार ठहर भएको हो। प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल भ्रष्टाचारी ठहर भएका हुन्। 

Hardik ivf

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस खरिदमा २३ करोडभन्दा बढी भ्रष्टाचार भएको फैसला गरेको छ । झा र खनाललाई एक वर्ष एक महिना कैद सजायको फैसला पनि भएको छ। 

अख्तियारले एमडीएमएस प्रणाली खरिद गर्दा ९१ करोड ९८ लाख ३० हजार ८८२ भ्रष्टाचार भएको दाबी गरेको थियो । अदालतले भने भुक्तानी भएको रकमलाई मात्रै बिगो कायम गरेर २३ करोड २० लाख ५९ हजार ३१४ मात्रै भ्रष्टाचार ठहर गरेको छ । भ्रष्टाचारको विगो दोषी ठहर भएका दुई व्यक्ति र तीन कम्पनीबाट असुल गर्न आदेश दिएको छ।

अख्तियारले मुद्दा चलाएका प्रतिवादीहरू आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मीनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालालाई सफाई प्रदान गरिएको हो। 

एमडीएमएस प्रणाली खरिद गर्दा अस्वभाविक ढंगले स्पेसिफिकेसन गरिएको र बढी मूल्य राखेर खरिद गरेको ठहर अदालतको छ । खरिद कार्यमासार्वजनिक खरिद ऐन २०६३ र त्यसको नियमावली २०६४ ले तोकेका प्रक्रिया पूरा नगरेको निक्र्योल अदालतको छ ।

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्