Kathmandu Press

कर्णाली नदीमा बगेर एक बेपत्ता 

जुम्ला, वैशाख १८ : कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका&ndash....

कर्णाली नदीमा बगेर एक बेपत्ता 

जुम्ला, वैशाख १८ : कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका–१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन्। 

काम सकेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

बेपत्ता बलको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, वैशाख १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्