Kathmandu Press

‘संविधानमा लैंगिक समानता त राख्यौं, महिलामाथि हेर्ने राज्यको दृष्टिकोण परिवर्तन भएन’

‘नयाँ स्वास्थ्य सचिव नियुक्त गरिएको छ,  सिफारिसको आधारमा, वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो, क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो?,’ उनले सरकारलाई प्रश्न गरिन्।
‘संविधानमा लैंगिक समानता त राख्यौं, महिलामाथि हेर्ने राज्यको दृष्टिकोण परिवर्तन भएन’

काठमाडौं, फागुन २३ : संविधानमा लैंगिक समानता लेखिए पनि व्यवहारमा त्यस्तो नभएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बताएकी छिन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले  संविधानमा लैंगिक समानताको धारा त राख्यौं तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको गुनासो गरिन्। 

सांसद कार्कीले वरियतामा शीर्ष स्थानमा रहेकी डा. संगीता कौशल मिश्रलाई पन्छाएर कनिष्टलाई स्वास्थ्य सचिव बनाइएको उनले आपत्ति जनाइन्। 

‘नयाँ स्वास्थ्य सचिव नियुक्त गरिएको छ,  सिफारिसको आधारमा, वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो, क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो?,’ उनले सरकारलाई प्रश्न गरिन्।

उनले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसकेको हो कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई पनि प्रश्न गरिन्। 

उनले यो विषयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग जवाफ पनि माग गरिन्। 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्