Kathmandu Press

गाइघाटमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले सडक पेटीमा बसिरहेका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासलाई ठक्कर दिएको थियो।
गाइघाटमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर, फागुन २३ : उदयपुरको गाईघाटमा बसको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ। 

गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने बाटोमा सडक छेउमा उभिएका दिदीबहिनीलाई जिपले ठक्कर दिँदा उनीहरूको मृत्यु हो।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले सडक पेटीमा बसिरहेका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासलाई ठक्कर दिएको थियो।

दुर्घटनामा अनुका घटनास्थलमै र देवीको उपचारका क्रममा उदयपुर जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

सप्तरीको राजविराज स्थायी घरका उनीहरु गाइघाट बजारमा बस्दै आएका थिए। 

प्रहरीले जीप चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्