Kathmandu Press

महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भइ खेतमा पल्टिएर दुर्घटना भएको हो।
महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

धनुषा, फागुन २३ : महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन्।

रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भइ खेतमा पल्टिएर दुर्घटना भएको हो।

Hardik ivf

दुर्घटनामा घाइते भएकाहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा नजिकको अस्पतालहरुमा पठाइएको जिल्ला प्रहरीले कार्यालय महोत्तरीले जनाएको छ।

अहिलेसम्म कुनै मानवीय क्षती नभएको र घाइतेहरुको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बसका चालक र सहचालक भने फरार रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका चालक र सहचालकको खोजी भइरहेको जनाएको छ।
 
प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्