Kathmandu Press

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुनदिन्नँ : सभामुख घिमिरे

सभामुख घिमिरेले संसद कानुन निर्माण गर्दा तोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मासाथ गर्ने कुरामा पूर्ण प्रतिबद्धता रहेको बताए।
प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुनदिन्नँ : सभामुख घिमिरे

काठमाडौं, फागुन २३ : सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन्। 

शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताए। 

‘संसदमा विचाराधिन विधेयकमाथि तपाईहरुको चासोबारे म जानकार छु। प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा कुनैपनि किसिमको बन्देज लगाउने काम हुने छैन,’ उनले भने, ‘सञ्चारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरित जानुहुँदैन। कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर बनाउने प्रयत्न गर्नुहुँदैन।’ 

सभामुख घिमिरेले संसद कानुन निर्माण गर्दा तोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मासाथ गर्ने कुरामा पूर्ण प्रतिबद्धता रहेको बताए।
 
प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्