Kathmandu Press

गौरमा नगर प्रमुखविरुद्धमा टायर बालेर प्रदर्शन

नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ। विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रबार पनि निरन्तरता दिएका हुन्।
गौरमा नगर प्रमुखविरुद्धमा टायर बालेर प्रदर्शन

रौतहट, फागुन २३ : गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै  शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ। 

गौर राइस मिल बचाउ अभियानले  गौर बिपि चोकमा टायर बालेर प्रदर्शन गरेको हो। 

नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ। विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रबार पनि निरन्तरता दिएका हुन्।

गौर राइस मिलको जमिन नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने पालिकाको बोर्डबाट निर्णय भएको थियो। सोही निर्णयको विरुद्धमा गौर राइस मिल बचाउ अभियान आन्दोलित भएको हो।

Photo-(2)-(45)-1741329463.jpg

अभियानका नेता बजरंगी गुप्ताका अनुसार गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई उक्त निर्णयलाई सच्याउन आग्रह सहित ज्ञापन पत्र समेत बुझाइसकेको उल्लेख गरेका छन्। 

गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए। 

गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ। यस विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले समेत ध्यानाकर्षण भएको जनाएका छन्।
 

Photo-(1)-(70)-1741329463.jpg
 

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्