Kathmandu Press

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 
प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

सुर्खेत, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

शुक्रबार बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता गर्ने र दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ।

दिउँसो ३ बजे वीरेन्द्रनगर–१० सानो सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ भवनको उद्घाटन गर्ने कार्यक्रम छ, भने आजै प्रधानमन्त्रीले कर्णाली रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ। 

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट आज ३ हजार ८४१ विद्यार्थीहरु दीक्षित हुँदै छन्। विश्वविद्यालयले विभिन्न ग्य्राजुएट स्कूलहरु अन्तर्गत विभिन्न तहको शैक्षिको उपाधि हाँसिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न लागेको जनाएको हो।

प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, फागुन २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्