वसन्तपुरमा ठड्याइयो चीर, होली सुरू [फोटो फिचर]
परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ। चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।![वसन्तपुरमा ठड्याइयो चीर, होली सुरू [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1741328436.jpg)
काठमाडौं, फागुन २३ : फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ।
फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो।
परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ। चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ।
यस पर्वका दौरान रंगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाईचारा वृद्धि गर्न मद्दत पु¥याउँछ।
फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रंग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो।
प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, फागुन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार