Kathmandu Press

मौसम पूर्वानुमान : चार प्रदेशमा हिमपातको सम्भावना

महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान : चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, फागुन २३ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै छ । त्यसकारण देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ ।

Hardik ivf

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

राति देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।
 
प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, फागुन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्