Kathmandu Press

‘तपाईंको नियुक्ति किन रद्द नगर्ने?’ भन्दै कुलमानलाई मन्त्रालयको पत्र 

बुधबार भएको उक्त निर्णय अनुरुप मन्त्रालयले ‘तपाईंको नियुक्ति रद्द किन नगर्ने’ भन्दै सफाइ पेस गर्न पत्र पठाएको हो।  
‘तपाईंको नियुक्ति किन रद्द नगर्ने?’ भन्दै कुलमानलाई मन्त्रालयको पत्र 

काठमाडौं, फागुन २२ : ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले विहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘तपाईंको नियुक्ति किन रद्द नगर्ने ?’ भन्दै सफाइ पेस गर्न पत्र पठाएको छ।  

यसअघि मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न भन्दै स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिने निर्णय गरेको थियो। 

बुधबार भएको उक्त निर्णय अनुरुप मन्त्रालयले ‘तपाईंको नियुक्ति रद्द किन नगर्ने’ भन्दै सफाइ पेस गर्न पत्र पठाएको हो।  

ऊर्जा सचिव सुरेश आचार्यद्वारा हस्ताक्षरित पत्रमा घिसिङ र मन्त्रालयबिच २०७८ माघ १५ मा भएको सम्झौताअनुरूप आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरेको उल्लेख छ। 

प्रतिवेदन पेस नगरी सम्झौताको सर्त उल्लङ्घन गरेको आरोपसहित सफाई पेश गर्न पत्रमा भनिएको छ। मन्त्रालयले चार बुँदा उल्लेख गर्दै सफाइ पेस गर्न भनेको छ। मन्त्रालयले घिसिङलाई कार्यकारी निर्देशकको पदबाट हटाउने प्रयोजनका लागि पत्र पठाएको छ। 

प्रकाशित मिति: २०:१६ बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्