Kathmandu Press

मुलुकको शासन गर्न निर्वाचन लडेर आउन पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव

ओलीले कुर्सीमा बस्दा राजा हुने दिन गएको पनि बताए । ‘कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्,’ ओलीले भने, ‘पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस्।’
मुलुकको शासन गर्न निर्वाचन लडेर आउन पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव

महोत्तरी, फागुन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिँदै मुलुकको शासन गर्न निर्वाचनबाट आउन सुझाव दिएका छन्। 

प्रधानमन्त्री ओलीले बिहीबार महोत्तरीमा आयोजित कार्यक्रममा यस्तो सुझाव दिएका हुन्। आफुलाई लोकप्रिय लागेको भए निर्वाचनमा लडेर शासन गर्न ओलीको पूर्व राजा शाहलाई चुनौती छ। 

ओलीले कुर्सीमा बस्दा राजा हुने दिन गएको पनि बताए । ‘कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुस्,’ ओलीले भने, ‘पूर्वराजा लोकप्रिय छन् भने चुनाव लड्नुस् । आउनुस् पार्टी खोल्नुस्।’

प्रधानमन्त्री ओलीले छायाँ अघि सारेर नभइ आफैं राजनीतिक दल खोलेर निर्वाचन लड्न पनि शाहलाई सुझाव दिए। 

‘नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन्। हाम्रो संविधानले राजतन्त्र चिन्दैन । नेपाली जनताले फालिसकेका छन्,’ ओलीले भने। 

उनले देश विकास निर्माणका कामबाट अघि बढिरहेको पनि बताए। प्रधानमन्त्री ओलीले आफू मधेसविरोधी नभएको पनि बता ।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्