संसद्का दुवै सदनबाट पास भए पाँच अध्यादेश
सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए। यी अध्यादेश यसअघि प्रतिनिधिसभाबाट पनि बहुमतले नै स्वीकृत भएका थिए।काठमाडौं, फागुन २२ : सरकारले जारी गरेका पाँच अध्यादेश विहीबार राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ।
सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए। यी अध्यादेश यसअघि प्रतिनिधिसभाबाट पनि बहुमतले नै स्वीकृत भएका थिए।
सरकारले जारी गरेका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएका हुन्।
संघीय संसद्को दुवै सदनबाट अध्यादेश पारित भएसँगै प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ।
अध्यादेश पारित हुनुअघि प्रतिपक्षी दलका सांसदहरूले सरकारको आलोचना गरेका थिए। यी अध्यादेश सरकारले गत माघ १८ गते प्रतिनिधिसभामा पेस गरेको हो।












