Kathmandu Press

महालेखापरीक्षक घुसमा कहिल्यै संलग्न हुँदैन  : महालेखा परीक्षक राया

‘राष्ट्रको विकल्प सुधार नै हो, अरु विकल्प छैन। हामी कहिले सुध्रिने हो भन्ने कुरा हामी सबै जमघट भएर छलफल गरेर गर्नुपर्ने हो । सुध्रिन चाहिँ पर्छ यसको विकल्प छैन,’ उनले भने।
महालेखापरीक्षक घुसमा कहिल्यै संलग्न हुँदैन  : महालेखा परीक्षक राया

काठमाडौं, फागुन २२ : महालेखा परीक्षक तोयम रायाले हाल राष्ट्रको विकल्प राष्ट्र सुधारबाहेक अरु नरहेको बताएका छन्। 

विहीबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तक्रिया कार्यक्रममा उनले राष्ट्र सुधार गर्नको लागि पहिला आफू सुध्रिनुपर्ने बताए। 

Hardik ivf

‘राष्ट्रको विकल्प सुधार नै हो, अरु विकल्प छैन। हामी कहिले सुध्रिने हो भन्ने कुरा हामी सबै जमघट भएर छलफल गरेर गर्नुपर्ने हो । सुध्रिन चाहिँ पर्छ यसको विकल्प छैन,’ उनले भने।

घुस खाने कुरामा महालेखापरीक्षकको कुनै हिस्सा नभएको भन्दै यसमा ढुक्क हुन उनले आग्रह गरेका छन्। 

‘घुस खुवाएको कुरापनि आएको छ । यस्तो मान्छेहरुको नाम सबैले उजागर गर्नुपर्यो। म पनि उजागर गर्छु विश्वास के दिलाउन चाहन्छु भने महालेखापरीक्षक घुसमा कुनै हिस्सा हुँदैन, हुने छैन। त्यस्तो भएको कतै पाइएछ भने त्यसलाई छोडिने पनि छैन,’ उनले भने।

महालेखा परीक्षक रायाले सुझावहरु कार्यान्वयन नभएको भन्ने गुनासोहरु धेरै आएको भन्दै कतिपय कानून निर्माण जटिल भएकाले समय लागेपनि सुझावहरु कार्यान्वयन भएको बताए। 

‘सुझावहरूरु कार्यान्वयन नभएका होइनन्। धेरै भएका छन् । तर कतिपय कानून निर्माण जटिल पनि हुन्छन् । यही वर्ष हुन्छ भनेर लेख्ने वित्तिकै टुङ्गिन्छ भन्ने हुँदैन,’ उनले भने। 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्