Kathmandu Press

डा.अमरेशकुमार सिंहको माग– स्वास्थ्यमन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस्

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन्।
डा.अमरेशकुमार सिंहको माग– स्वास्थ्यमन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस्

काठमाडौं, फागुन २२ : सचिव बढुवामा वरीयता मिचिेको भन्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका छन्।  

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन्। मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न उनको माग थियो। 

Hardik ivf

पहिलो नम्बरमा सिफारिस भएकी संगीता मिश्रसँग केही चिनजान नरहकाले मधेसी भएकै कारण वरिष्ठ भएर पनि उनलाई बढुवा नगरेको आरोप लगाए। सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको उनको आरोप थियो। 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो।

सिफारिस समितिले सचिवका लागि डा.देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औँ तहमा कायैरत डा.संगीता मिश्र र डा.टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो।

यता, सचिव बढुवामा नपरेपछि डा.संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छिन्। मन्त्री पौडेलले आफूमाथि पटक–पटक अन्याय गरेको समेत बताइन्।
 

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्