लगातार चौथो दिन पनि घट्यो नेप्से, १० अर्बको कारोबार
बिहीबार ३१० कम्पनीको एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता शेयर ९३ हजार आठ सय ९५ पटक खरिदबिक्री हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ बराबरको कारोबार भएको छ।
काठमाडौं, फागुन २२ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ।
गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज २.७० अंकको गिरावटपछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको छ।
बिहीबार ३१० कम्पनीको एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता शेयर ९३ हजार आठ सय ९५ पटक खरिदबिक्री हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ बराबरको कारोबार भएको छ।
बिहीबारको कारोबारमा बैंकिङ ०.०३, विकास बैंक १.८६, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त ०.०५प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
वित्त १.२३, होटल तथा पर्यटन ०.५७, जलविद्युत् ०.०६, लगानी ०.१४ र जीवन बिमा ०.८० प्रतिशतले घटेको छ। त्यस्तै, म्युचुअल फण्ड ०.१८, निर्जीवन बिमा ०.०४, व्यापार ०.२४ र अन्य समूह ०.७१ प्रतिशतले घटेको छ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने नविल डिबेन्चर–२०८२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब १२ करोड ८३ लाख ६२ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ।










-1764753058.png)
-1764751301.jpg)
