Kathmandu Press

गुरागाईंलाई नियमित काममा फर्काउन महानगरले गर्यो अस्वीकार

पत्रको जवाफ फर्काउँदै महानगरले गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन अस्वीकार गरेको हो। 
गुरागाईंलाई नियमित काममा फर्काउन महानगरले गर्यो अस्वीकार

काठमाडौं, फागुन २२ : काठमाडौं महानगपालिकाले सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नियमित काममा फर्काउन अस्वीकार गरेको छ।

पत्रको जवाफ फर्काउँदै महानगरले गुरागाईंलाई काम गर्ने वातावरण मिलाउन अस्वीकार गरेको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर गर्न पत्र पठाएको थियो। 

महानगरले मन्त्रालयको प्रतिउत्तर दिँदै नयाँ कार्यकारी वा निमित्तको अधिकार दिन भनेको छ। 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्