Kathmandu Press

कांग्रेसका प्रमुख सचेतक घिमिरेको कटाक्ष– कुलमानलाई प्रतिपक्षी दलको अध्यक्ष बनाउनू

एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको र जग हसाउने काम गरेको पनि उनले बताए। 
कांग्रेसका प्रमुख सचेतक घिमिरेको कटाक्ष– कुलमानलाई प्रतिपक्षी दलको अध्यक्ष बनाउनू

काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा बोल्नेक्रममा कटाक्ष गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रतिपक्षी दलको अध्यक्ष बनाउन भनेका छन्। 

सांसद घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै यस्तो कटाक्ष गरेका हुन्। घिमिरेले कर्मचारीको नाममा दलीयकरण नगर्न समेत आग्रह गरे। 

एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको र जग हसाउने काम गरेको पनि उनले बताए। 

‘देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई नै बनाइदिऔँ। ढुक्क हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्