Kathmandu Press

उर्जामन्त्री खड्का भन्छन्– कुलमानले प्राधिकरण नाफामा गएको भनेर झुट बोलिरहेका छन्  

‘आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन्। नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३ सय रुपैयाँमा सेयर बेच्दा जनताले के भन्लान्? कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने हो?’
उर्जामन्त्री खड्का भन्छन्– कुलमानले प्राधिकरण नाफामा गएको भनेर झुट बोलिरहेका छन्  

काठमाडौं, फागुन २२ : ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको स्पष्ट पारेका छन्। 

मन्त्री खड्काले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त भनाई राखेका हुन्। घिसिङले विद्युत प्राधिकरण नाफामा गएको भनेर झुट बोलिरहेको पनि बताए। 

‘जे जे भन्छन् त्यही कुरा मान्नुपर्ने हो? भन्दै प्रश्न पनि गरेका छन्,’ खड्काले भने, ‘आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन्। नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३ सय रुपैयाँमा सेयर बेच्दा जनताले के भन्लान्? कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने हो?’

डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेको तर घिसिङले २२ अर्ब नै नाफा देखाएको आरोप खड्काको छ। कुलमानले कार्यसम्पादनको लागि अनुरोध नगरेको पनि मन्त्री खड्काले बताए।

‘त्यसपछि मूल्याङ्कन हुने कुरै भएन। भदौ व्यतित भइसकेपछि असोजमा उहाँलाई लिखित रुपमा स्मरण गराइयो। तपाईंले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो,’ मन्त्री खड्काले भने। 

घिसिङले एकैचोटि पुसमा आफैँले ९८ प्रतिशत नम्बर आएको छ भनेर दाबी गरेको भनाई मन्त्री खड्काको थियो। 

‘यसको अर्थ के हो भने विद्यार्थी यदी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ?,’ उनले भने।

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्