Kathmandu Press

बालेनको पुर्ख्यैली घरमा पुगेका प्रचण्डले भने– सबै मिलेर व्यवस्था जोगाउनु छ, देश बनाउनु छ  

उनले भने, ‘बालेनजीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर व्यवस्था जोगाउनु छ, यो देश बनाउनु छ।’
बालेनको पुर्ख्यैली घरमा पुगेका प्रचण्डले भने– सबै मिलेर व्यवस्था जोगाउनु छ, देश बनाउनु छ  

महोत्तरी, फागुन २२ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुख्र्यौली घर एकडारा पुगेर सबै मिलेर देश बनाउनुपर्ने बताएका छन्। 

प्रचण्डसहितका माओवादी नेताहरू विहीबार महोत्तरीस्थित एकडारा गाउँपालिकास्थित बालेन्द्रको पुख्र्यौली घरमा पुगेर उक्त भनाई राखेका हुन्। 

Hardik ivf

माओवादी केन्द्रले जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा बालेन्द्रको घरमा कार्यक्रम गरेको थियो। बालेन्द्रको उक्त पुर्ख्यैली घरमा एकडारा गाउँपालिकाको कार्यालय समेत छ। 

बालेन्द्रको पुर्ख्यैलीघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबै मिलेर व्यवस्था जोगाएर देश बनाउनुपर्ने आवस्यकता छ।’ 

प्रचण्डले स्थानीयसँग अन्तक्रिया पनि गरेका थिए। आफुहरू बालेन साहको पुर्ख्यैलीघरमा आइपुगेको बताउँदै एउटा रमाइलो महसुस भएको पनि बताए। उनले भने, ‘बालेनजीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर व्यवस्था जोगाउनु छ, यो देश बनाउनु छ।’

प्रचण्डसँग मिटरब्याज पीडितहरूले आफ्नो समस्या राज्यले नसुनेको बताउँदै पीडा थपिदै गएको गुनासो गरेका थिए। उनले मिटरब्याजपीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताउँदै यसलाई दीर्घकालीन रुपमा नै समाधान गर्नुपर्ने उनले बताए। 

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्