Kathmandu Press

सरकार कमिसनखोर व्यापारीको पक्षमा छ : सांसद ढकाल

‘सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको छ। सरकार कमिसन खोर व्यापारीको पक्षमा छ यो प्रमाणित गरेको छ,’ उनले भने।
सरकार कमिसनखोर व्यापारीको पक्षमा छ : सांसद ढकाल

काठमाडौं, फागुन २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बताए। 

Hardik ivf

‘सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको छ। सरकार कमिसन खोर व्यापारीको पक्षमा छ यो प्रमाणित गरेको छ,’ उनले भने।

संसद ढकालले घरघरमा ग्यासको पाइप पु¥याउने भनेको दश वर्ष हुँदा पनि केही नभएको बताए। उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकार कारबाही गर्न हात धोएर लागेको भन्दै आपत्ति जनाए। 

‘कति वर्ष भयो घरघरमा ग्यासको पाइप पु¥याउने भनेको, मैंले मात्रै सुनेको हो कि यहाँ भएका माननीयहरूले पनि सुन्नुभएको हो। दश वर्ष जति भएछ । जसले बिजुली चुलोसम्म पु¥याउने नीति बनाउँदैथ्यो, उसलाई सरकार कारबाही गर्न तम्तयार भएर हात धोएर लागेको छ,’ उनले भने, ‘एक रुपैयाँ तेलको मूल्य बढ्दै गर्दा बानेश्वरमा चक्का जाम र टायर बाल्ने अखिलका दाइहरू पनि अहिले यही सदनमा हुनुहुन्छ। आज यति विधि आक्रान्त मूल्यवृद्धि हुँदैगर्दा ति दाइहरु किन मौन हुनुहुन्छ।’

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्