Kathmandu Press

जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी : सभापति देउवा

‘सबैको मायाले कांग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ। लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुरक्षित हुन्छ। त्यसैले पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्छ। कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ,’ सभापति देउवाले भने।
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी : सभापति देउवा
फाइल तस्बिर।

काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय पार्टी बनेको भनाई राखेका छन्।

कांग्रेसको भातृ संस्था भूपू सैनिक संघको कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्। उनले कांग्रेस बलियो भएमात्रै मुलुकले समृद्धि पाउने पनि बताए।

‘सबैको मायाले कांग्रेस जनताको लोकप्रिय पार्टी बनेको छ। लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुरक्षित हुन्छ। त्यसैले पार्टीलाई बलियो बनाउनको लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्छ। कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ,’ सभापति देउवाले भने।

Hardik ivf

संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको पनि देउवाले बताए। गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको जानकारी उनले दिए।

प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरूले पु¥याएको योगदान महत्त्वपूर्ण रहेको पनि उनले बताए।

‘साथीहरूको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ। नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु,’ उनले भने, ‘समस्या समाधानका लागि हामी लागिरहनेछौँ।’

सभापति देउवाले भारतिय सेनाको अग्निपथका बारेमा सरकारसँग कुरा चलिरहेको पनि बताए।

प्रकाशित मिति: १४:४२ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्