Kathmandu Press

अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग 

सांसद खतिवडाले भने, ‘यस्तो रकम कति नेपालमा आएको हो र क–कसले प्रयोग गरे ? त्यो नेपाल सरकार वा अर्थ मन्त्रालय कसले स्वेत पत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस्।’ 
अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग 

काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न माग गरेका छन्। 

सांसद खतिवडाले सरकारसँग यस्तो माग गरेका हुन्। उनले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको पनि बताए। 

Hardik ivf

अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्च कति भएको भन्ने प्रश्न गर्दै उनले सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताएका हुन्। 

सांसद खतिवडाले भने, ‘यस्तो रकम कति नेपालमा आएको हो र क–कसले प्रयोग गरे ? त्यो नेपाल सरकार वा अर्थ मन्त्रालय कसले स्वेत पत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस्।’ 

उनले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर नेपाललाई नै बदनाम गर्ने काम भइरहेको पनि बताए। 

‘सरकारले यसमा भएको के हो त्यसबारे श्वेतपत्रको रूपमा जारी गर्न म आग्रह गर्दछु,’ खतिवडाले भने। 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्