Kathmandu Press

राष्ट्रिय सभाकोमा पाँच अध्यादेश निर्णयार्थ पेश हुने

सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बाहेकका पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न थालेको छ। 
राष्ट्रिय सभाकोमा पाँच अध्यादेश निर्णयार्थ पेश हुने

काठमाडौं, फागुन २२ : राष्ट्रिय सभाको आजको बैठकमा सरकारले ल्याएको पाँचवटा अध्यादेश निर्णयार्थ पेश हुने भएका छन्। 

प्रतिनिधिसभा बैठकबाट बुधबार ती अध्यादेशहरु स्वीकृत भएका थिए। 

गत माघ १८ गतेको राष्ट्रिय सभाको बैठकमा छ वटा अध्यादेश पेस गरेको थियो। सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बाहेकका पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न थालेको छ। 

राष्ट्रिय सभाको सम्भावित कार्यतालिकामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत हुनेछ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्