Kathmandu Press

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश हुन्छ : सभापति सिंह

उनले विधेयक राष्ट्र हित र जन हितको लागि बनाउने हुँदा विज्ञसँग गहिरो छलफल गरेर अगाडि बढ्न लागेको भन्दै अब जलस्रोत विधेयक दुई हप्तामा दिनमा पुग्ने बताए। 
जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश हुन्छ : सभापति सिंह

काठमाडौं, फागुन २२ : पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक दुई हप्तामा सदनमा पेश हुने बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी जल सुशासनका लागि एकीकृत नदी बेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा उनले विधेयक राष्ट्र हित र जन हितको लागि बनाउने हुँदा विज्ञसँग गहिरो छलफल गरेर अगाडि बढ्न लागेको भन्दै अब जलस्रोत विधेयक दुई हप्तामा दिनमा पुग्ने बताए। 

Hardik ivf

‘मलाई विश्वास छ, आज जलस्रोत विधेयक वा उर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ। पहिला उर्जा विधेयक आयो, त्यसपछि जलस्रोत विधेयक आयो, मोटामोटी जलस्रोत विधेयकमा दुई चार वटा कुरामा अड्किएका छौं। तर केही समयमा हामी आपसमा छलफल गरेर, सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो यसलाई अगाडि बढाउन गइराखेका छौं,’ उनले भने, ‘सदनमा पेश गर्न गइरहेका छौं। विधेयक यस्तो बनाउनुपर्छ, जुन राष्ट्र हित र जनहित होस्। विज्ञसँग गहिरो छलफल गरेर नै अगाडि बढ्न लागेका छांै र लाग्छ यो विधेयक अब जलस्रोत विधेयक दुई हप्ता पनि लाग्दैँन् सदनमा पेश हुन।’

सोही क्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले जलस्रोत विधेयकले जलस्रोतको संरक्षण, अभिलेखन लगायत जलस्रोतको नियमनको लागि जल तथा उर्जा आयोगको भूमिकालाई महत्वपूर्ण रुपमा प्रस्तुत गर्ने बताइन्। 

‘नेपाल सरकारका विभिन्न नीति, योजना, कागजातहरु सबैले एकिकृत जलस्रोत व्यवस्थापनको सिद्धान्तलाई अंगिकार गरेको छ। जलस्रोत विधेयकले पनि यही सिद्धान्तलाई अबलम्बन गरेको छ,’ उनले भने, ‘जलस्रोत विधेयक जुन छलफलको क्रममा छ यसले जलस्रोतको संरक्षण, अभिलेखनलगायत जलस्रोतको नियमनको लागि जल तथा उर्जा आयोगको भूमिकालाई महत्वपूर्ण रुपमा प्रस्तुत गरिएको छ।’
 

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, फागुन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्