Kathmandu Press

६ जिल्लाका सिडिओ हेरफेर

गृहले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो। गृहले नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय सरुवा गरेको छ। 
६ जिल्लाका सिडिओ हेरफेर

काठमाडौं, फागुन २२ : गृह मन्त्रालयले ६ जिल्लाका सिडिओ हेरफेर गरेको छ। 

गृहले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो। गृहले नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय सरुवा गरेको छ। 

सहसचिव धर्मराज जोशीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी रौतहटमा सरुवा गरिएको छ। 

सहसचिव दिव्यराज पोखरेलाई संखुवासभा, नरहरि घिमिरेलाई खोटाङ, विजयराज सुवेदीलाई ओखलढुंगा, शशिधर घिमिरेलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्