बार अध्यक्षमा मिश्र र श्रेष्ठको भीडन्त
गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइरालाले उम्मेदवारी दर्ता गर्दै छन्।
काठमाडौं, फागुन २२ : नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायीका संगठनविच गठबन्धन भएको छ।
गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइरालाले उम्मेदवारी दर्ता गर्दै छन्। अध्यक्षका उम्मेदवार मिश्र नेपाल बारका पूर्वमहासचिव हुन् भने कोइराला बारका पूर्वकेन्द्रीय सदस्य हुन्।
यता, माओवादीसहितको गठवन्धनबाट अध्यक्षमा रमनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्दैछन्। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपा मिलेर भिन्नै प्यानल खडा गरेका हुन्।
उक्त प्यानलबाट महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट यज्ञमणि न्यौपानेले प्रतिश्पर्धा गर्ने भएका छन् । एकीकृत समाजवादी उपाध्यक्ष पदमा प्रतिश्पर्धा गर्ने भएको छ।
चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ । आज ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका रहेको छ । २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुन थालेको हो।