Kathmandu Press

सुनके मूल्य प्रतितोला ३ सय बढ्यो 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनके मूल्य प्रतितोला ३ सय बढ्यो 

काठमाडौं, फागुन २२ : नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्