Kathmandu Press

चार्ज गर्ने क्रममा धुमबाराहीमा इभी बसमा आगलागी

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार राति चार्ज गर्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ। 
चार्ज गर्ने क्रममा धुमबाराहीमा इभी बसमा आगलागी

काठमाडौं, फागुन २२ : धुम्बाराहीमा इभी बसमा आगलागी भएको छ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार राति चार्ज गर्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो। आगो लाग्दै वित्तिकै प्रहरीले आगो नियन्त्रणमा लिएको थियो। 

आगालागीबाट बसमा क्षति भएपनि अन्य क्षति भने नभएको बताइएको छ।

प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, फागुन २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्