Kathmandu Press

प्रतिनिधिसभाबाट सहकारी अध्यादेश स्वीकृत 

प्रतिनिधिसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ स्वीकृत भएको छ ।
प्रतिनिधिसभाबाट सहकारी अध्यादेश स्वीकृत 

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ स्वीकृत भएको छ । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठक बैठकले नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ स्वीकृत गरेको हो।

प्रतिनिधि सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए।

सांसद चन्दा कार्कीले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकार भएको थियो । मन्त्री अधिकारीको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । 

 

प्रकाशित मिति: १९:०७ बजे, बुधबार, फागुन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्