Kathmandu Press

संवैधानिक अंगमा ५२ पदाधिकारी नियुक्ति विवादमा अर्को सुनुवाई चैत ६ गते 

संसद विघटन गरी अध्यादेशको आडमा असंवैधानिक रुपमा संवैधानिक आयोगहरूमा ५२ जनाको नियुक्ति गरेको दाबीसहित सर्वोच्चमा अधिवक्ता ओमप्रकास अर्यालसहित १४ वटा रिट निवेदन दर्ता भएका छन्। 
संवैधानिक अंगमा ५२ पदाधिकारी नियुक्ति विवादमा अर्को सुनुवाई चैत ६ गते 

काठमाडौं, फागुन २१ : संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विवादमा बुधबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । 

अर्को सुनुवाई आगामी चैत ६ गतेका लागि तय भएको छ।   

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी संलग्न सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज संवैधानिक नियुक्ति अवैध रहेको जिकिरसहित निर्णय खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, शम्भु थापा, डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँ, पुनदेवी महर्जन, मोहना अन्सारीलगायतले बहस गरे। निवेदकतर्फकै सुनुवाई बाँकी रहेको छ। 

संवैधानक इजलासले अर्को पेसी चैत ६ गतेलाई तय गरेको छ। 

संसद विघटन गरी अध्यादेशको आडमा असंवैधानिक रुपमा संवैधानिक आयोगहरूमा ५२ जनाको नियुक्ति गरेको दाबीसहित सर्वोच्चमा अधिवक्ता ओमप्रकास अर्यालसहित १४ वटा रिट निवेदन दर्ता भएका छन्। 

सबै रिटमा नियुक्ति बदर गर्न माग गरिएको छ। गत माघ ३० गतेदेखि ति रिटहरुमा सुनुवाई शुरु भएको थियो। 

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, फागुन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्