Kathmandu Press

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागुऔषधमा दोषी ठहर 

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गाउँपालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहर हुने गरी फैसला सुनाएको हो। 
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागुऔषधमा दोषी ठहर 

नवलपरासी, फागुन २१ : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई जिल्ला अदालतले लागुऔषध कारोबारमा दोषी ठहर गरेको छ। 

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गाउँपालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहर हुने गरी फैसला सुनाएको हो। 

Hardik ivf

अदालतले गुप्तासँगै गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई पनि दोषी ठहर गरेको छ । गाउँपालिका अध्यक्ष गुप्ता र धोबीलाई कसुर ठहर गर्दैकानुन वमोजिम सजाय निर्धारणको लागि यही फागुन २९ गतेका लागि पेशी तोकिएको छ। 

अदालतले अरु दुई आरोपी रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानले सफाइ पाउने फैसला गरेको छ। 

सफाई पाउनेहरु भारतीय नागरिक हुन्। एकजना आरोपी भने फरार रहेका छन्। अध्यक्ष गुप्तामाथि २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा रामा र पासवानलाई फसाउन खोजिएको आरोपमा प्रहरी प्रतिवेदन अनुरुप सरकारी वकीलले अभियोगपत्र दर्ता गरेको थियो। 

दोषी ठहर भएका गुप्ता र धोबीलाई सजाय निर्धारणहुन भने बाँकी छ । 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्