Kathmandu Press

सांसद भानुभक्त जोशीको प्रश्न- अध्यादेश सही थियो भने माघ २४ मै किन पास भएन?

'गिरिबन्धुको विषय विपक्षीले होइन, सत्तापक्षले नै उठाएको हो'
सांसद भानुभक्त जोशीको प्रश्न- अध्यादेश सही थियो भने माघ २४ मै किन पास भएन?

काठमाडौं, फागुन २१ : प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले अध्यादेश पहिलो बैठकमै पास नहुनूले यसको नियत सही नभएको पुष्टी हुने बताएका छन्। 

बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई अस्वीकृत गर्न  माओजादी केन्द्रका सांसद रणेन्द्र बरालीले प्रस्तुत गरेको प्रस्तावलाई समर्थन गर्दै  जोशीले पहिलो बैठकमै अध्यादेश स्विकृत नहुनुले यसको नियत सही नभएको भन्ने सन्देश गएको बताएका हुन्। 

उनले अध्यादेशबारे सत्तापक्षकै सांसदहरूको पनि असहमति रहेको बताए। 

Hardik ivf

'सत्तापक्षकै धेरैजसो माननीयहरूले हामीलाई कानेखुशीमा भन्नुहुन्छ। हुन त गलत नै भएको हो, तर हामी सत्ता पक्षमा छौं। त्यसो भएकाले सरकार किन गलत बाटोमा फसेको हो?,' उनले भने। 

उनले छोटो समयमा पास गर्नुपर्ने स्थिति थियो भनेपनि सांसदहरू अहोरात्र खटिएर समस्या समाधान हुन सक्ने बताए। 

'छोटो अवधीमा अहोरात्र खटेर जनताको समस्या समाधान गर्ने कुरामा लाग्ने थियौं नि त। यसरी तपाईंहरूले एक-एक महिनासम्म दबाएर राख्नुपर्न अवस्था आउँदैनथ्यो,' उनले भने, 'त्यसकारण सरकारक गलत बाटोमा गयो भन्ने हो।'

उनले अध्यादेशमा भएका कालोबजारी र राजस्व चुहावटसम्बन्धी लगायतका कुराहरूमा कमजोरी देखिएको पनि बताए। 

'सच्याएर वैधानिक बाटोमा आउने हो भने जनताका समस्याका समाधान गर्न चाहनुहुन्छ भने प्रतिपक्षी दलमा रहेका सांसदहरू अहोरात्र खटिएर विधेयक पास गर्न तयार हुन्छौं,' उनले भने। 

सांसद जोशीले गिरिबन्धु प्रतिपक्षीले नभई सत्तापक्षले उठाएको विषय रहेको दाबी गरे। 

'प्रधानमन्त्रीज्यूले यही सदनमा बोलेको कुरालाई नेपाली कांग्रेसले गिरिबन्धु बेचेर खान लाग्यो त्यसैले हामीले कानुन बनाउन लागेको भन्नुभएको होइन?  कांग्रेसका नेताहरुले बारम्बार बोलेको होइन?  अनी हामीलाई भन्नुहुन्छ?  जुन बेला वल्लो पल्लो कुर्सीमा हुनुहुन्थ्यो त्यतिबेला तपाईंहरूले उठाएको कुरा हो,' उनले भने। 

प्रकाशित मिति: १७:३० बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्