Kathmandu Press

एआइजी र सचिव बढुवामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै  

मन्त्रिपरिषद छलफलका लागि एआइजी र सचिव बढुवाको कार्यसूची रहेको जनाइएको छ। 
एआइजी र सचिव बढुवामा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै  

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी ओलीले बुधबार साँझ ६ः३० बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद बैठक तय भएको छ। 

Hardik ivf

मन्त्रिपरिषद छलफलका लागि एआइजी र सचिव बढुवाको कार्यसूची रहेको जनाइएको छ। 

नेपाल प्रहरीमा रिक्त रहेको एआइजी पदमा डिआइजी जनक भट्टराईको गत ११ फागुनमा बढुवा सिफारिस भएको थियो। बढुवाको निर्णयका लागि मन्त्रिपरिषदमा पठाइएको छ। 

यस्तै, रिक्त दुई  सचिव पदमा पनि छलपलको एजेण्डा छ। स्वास्थ्य सचिवमा वरिष्ठतम् सहसचिवहरू डा.संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको सिफारिस भएको छ। 

प्रशासनतर्फ रिक्त एक सचिव पदमा पनि बढुवाको संभावना रहेको छ। 

प्रशासनतर्फ रिक्त सचिवमा वीरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको सिफारिस भएको छ। 

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्