Kathmandu Press

'सम्धी होस् कि ज्वाइँ, पछाडिको झ्यालबाट पस्छ भने सही नियतले आएको भन्न सकिँदैन'

माओवादी सांसद रणेन्द्र बरालीले अध्यादेश अस्विकार गर्न राखेका ८ कारण
'सम्धी होस् कि ज्वाइँ, पछाडिको झ्यालबाट पस्छ भने सही नियतले आएको भन्न सकिँदैन'

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले  अध्यादेश सही नियतले नआएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गर्दै सांसद बरालीले संसद बोलाउन छाडेर अध्यादेश ल्याउनुलाई यसको भित्री नियत सही नभएको बताएका हुन्।

Hardik ivf

'सम्धी होस् या ज्वाइँ अगाडिको ढोका खुला हुँदाहुँदै पछाडिको झ्यालबाट पस्छ भने सही नियतले आएको भन्न सकिँदैन,' उनले भने।

उनले त्यतिबेला संसद नचलेको भनेर सत्तापक्षले उत्तर दिँदै आएको बताएको सम्बन्धमा पनि प्रश्न गरे।

' संसद बोलाए चल्ने कि नबोलाउँदा पनि चल्ने?  अनि बोलाउने काम सत्तापक्षको कि प्रतिपक्षको हो?,' उनले भने।  

उनले उक्त अध्यादेश अस्वीकृत गर्नका लागि निम्न ८ कारण पनि  प्रस्तुत गरे-

  • पाँचौं अधिवेशन बोलाउनुपर्नेमा पाँच महिनाको अन्तरालमा तानाबाना बुन्दै सदनलाई गुमराहमा राख्ने प्रयास गरेको हुनाले ।
  • अधिवेशनमा राख्न नसक्ने र अधिवेशनमा छलफल नै हुनै नसक्ने कारण नभएको अवस्थामा अध्यादेश ल्याइयो। यसले नियमानुसार छलफल गर्न पाउनुपर्ने हक हनन् गरेको हुनाले
  • विचाराधीन  विधेयकलाघ संसदबाट फिर्ता लिने प्रक्रियासम्म पूरा नगरी कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ सम्बन्धी संशोधन समेत  अध्यादेशमार्फत जारी गरेको हुनाले
  • राजस्व चुहावट गर्ने व्यक्ति वा संस्थाहरूलाई कानुनी दायरामा ल्याइ राजस्व असुली गरी राज्यको कोष सबल पार्नुपर्नेमा अध्यादेशमार्फत कानुनी उन्मुक्ति दिने, मुनाफाखोर व्यापारीहरूलाई समर्थन गर्ने मनशायले अध्यादेश आएको हुनाले
  • अत्यधिक मुनाफाखोर व्यवसायीहरूलाई लाभ पुर्‍याउने मनशायले कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०२३ मा संशोधन गर्ने हुनाले
  • यसरी संसद छलेर आएको अध्यादेशले राष्ट्रको हित नगर्ने र संसदीय मर्यादाको हितविपरी कार्य  गर्ने भएकाले विधेयकलाई  राष्ट्र र जनताको हितमा नभएको कुरालाई मध्यनजरी गरी व्यापक बहसमा नलगी पारित गर्नुहुने छैन।
  • अध्यादेशको रोटी पकाउन सत्ताको सौदाबाजी र विभिन्न काम कुराको बार्गेनिङ गर्ने पनि एउटा पनि मनासिव होइन भन्ने जनताले बुझेका छन्।
  • जनहित र राष्ट्रहित मात्रै होइन स्वयम सरकारको हितमा समेत नभएकाले यो विधेयक आम जनता र हाम्रो पार्टीका तर्फबाट अस्वीकार छ।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्