Kathmandu Press

लगातार तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, ११ अर्बको कारोबार

आज नेप्से परिसूचक २५.१६ अंकले घटेर दुई हजार आठ सय २१ दशमलव १३ को विन्दुमा कायम भएको हो। 
लगातार तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, ११ अर्बको कारोबार

काठमाडौं, फागुन २१ :  यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अंकको गिरावट देखिएको छ। 

आज नेप्से परिसूचक २५.१६ अंकले घटेर दुई हजार आठ सय २१ दशमलव १३ को विन्दुमा कायम भएको हो। 

३०८ कम्पनीको दुई करोड ३३ लाख ४३ हजार दुई सय एक कित्ता शेयर एक लाख एक हजार छ सय तीन पटक खरिदबिक्री हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार चार सय ७३ बराबरको कारोबार भएको छ।

आज  व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ १.०४, विकास बैंक १.३१, वित्त १.५५, होटल तथा पर्यटन १.०५, जलविद्युत् ०.३७ र लगानी समूह १.२४ प्रतिशतले घटेको छ। 

त्यस्तै, जीवन बिमा १.४५, उत्पादन तथा प्रशोधन ०.९४, लघुवित्त ०.५०, म्युचुअल फण्ड ०.१५, निर्जीवन बिमा १.५१ र अन्य समूह ०.७६ प्रतिशतले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६.८४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ९६ करोड ७० लाख ९५ हजार बराबरको कारोबार भएको छ। 

शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ११ लाख १३ हजार तीन सय ३५ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:१० बजे, बुधबार, फागुन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्