Kathmandu Press

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत उक्त अध्यादेश बहुमतले स्वीकृत भएको हाे। उक्त अध्यादेश गत माघ १८ गते संसद्मा पेस भएको थियो। 
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ स्वीकृत भएको छ। 

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत उक्त अध्यादेश बहुमतले स्वीकृत भएको हाे। उक्त अध्यादेश गत माघ १८ गते संसद्मा पेस भएको थियो। 

अध्यादेश स्वीकृत हुनुअघि विपक्षी दलका सांसदले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिएका थिए। 

अर्थमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले दर्ता गराएको विरोधको सूचना फिर्ता नलिने अडानपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। उक्त विरोधको सूचना बहुमतबाट अस्वीकृत भयो।

सभामुख देवराज घिमिरेले विरोधको सूचना अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए। बहुमतबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत भएको हो। 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, फागुन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्