Kathmandu Press

युगाण्डा जाने महिला क्रिकेट टोलीको बिदाई, राम्रो प्रदर्शन गर्ने लक्ष्य

नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ।
युगाण्डा जाने महिला क्रिकेट टोलीको बिदाई, राम्रो प्रदर्शन गर्ने लक्ष्य

काठमाडौं, फागुन २१ : युगाण्डामा हुने चारदेशीय महिला टी–२० सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ।

बुधबार नेपाल क्रिकेट संघ क्यानले मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगाण्डामा हुने चारदेशीय महिला टी–२०आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको हो। 

सिरिजमा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागीता रहने छ। युगान्डा र हङकङसँग नेपालले यसअघि खेलिसकेका छ भने नामिबिया नयाँ प्रतिद्वन्द्वी हुनेछ।

बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताए। महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मुल्यांकन सुरु भइसकेको पनि बताए। 

‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं। खेलाडिहरुले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरु लिन सकिन्छ। महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको छ। पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो तर अब जित र हारको मुल्यांकन सुरु भइसकेको छ,’ उनले भने, ‘हामी तपाईहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहान्छु।’ 

त्यस्तै, टिमकी कप्तान इन्दु बर्माले फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेको र टिमको तयारी एकदमै राम्रो भएको भन्दै यसपटक राम्रो क्रिकेट खेलेर फर्कने बताइन्। 

नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ।
 

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, फागुन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्