Kathmandu Press

सुशासन प्रवर्द्धन सम्बन्धी अध्यादेश स्वीकृत

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो। 
सुशासन प्रवर्द्धन सम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकले यो अध्यादेश स्वीकृत गरेको हो। 

यो अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदले अस्वीकृत गर्ने प्रस्ताव राखेका थिए। सो प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। 

त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे। जसलाई सभाले बहुमतले स्वीकृति गरेको थयो। 

प्रकाशित मिति: १६:१० बजे, बुधबार, फागुन २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्