Kathmandu Press

‘कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन’

‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ,’ उनले भने।
‘कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन’

तनहुँ, फागुन २१ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्। 

डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका क्रममा मन्त्री खड्काले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए। 

Hardik ivf

‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ,’ उनले भने।

उर्जामन्त्री खड्काले कुलमानले समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अंक दिइएको हो स्पष्ट पारे। ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो। समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो,’ उनले भने।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे।
 
प्रकाशित मिति: १५:३० बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्