मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरूको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे
‘राजनीतिक क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा सहिदहरुको योगदान महत्वपूर्ण छ, आफ्नो इतिहासमा राजनीतिक क्षेत्रमा नेपालले प्राप्त गरेका उपलब्धिमा सहिदहरुका योगदान के हुन?,’ उनले भने, ‘र तिनीहरुका अधुरा सपना पूरा गर्ने जिम्मेवारी के हो ? यो कुरालाई अब हामीले अगाडि लानुपर्छ।’-1741167257.jpg)
काठमाडौं, फागुन २१ : सरकारले ‘झापा विद्रोह’ का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।
तत्कालीन ‘झापा विद्रोह’ का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा विभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको हो।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हुलाक टिकटमा प्रथम दिवसिय टाँचा लगाएका थिए। सो क्रममा सभामुख घिमिरेले मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्ने बताए।
‘राजनीतिक क्षेत्रमा प्राप्त गरेका उपलब्धिमा सहिदहरुको योगदान महत्वपूर्ण छ, आफ्नो इतिहासमा राजनीतिक क्षेत्रमा नेपालले प्राप्त गरेका उपलब्धिमा सहिदहरुका योगदान के हुन?,’ उनले भने, ‘र तिनीहरुका अधुरा सपना पूरा गर्ने जिम्मेवारी के हो ? यो कुरालाई अब हामीले अगाडि लानुपर्छ।’
सभामुख घिमिरेले जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने धेरै सहिदहरूभित्र पाँच जना सहिदहरुको हुलाक टिकट प्रकाशन हुनु निकै महत्वपूर्ण भएको बताए।सहिदहरुको योगदानका कारण मुलुकमा राजनीतिक उद्देश्य सफल भएपनि समाज रुपान्तरणमा भने धेरै चुनौतिहरु देखा परेको उनले उल्लेख गरे।
‘हुलाकको टिकट पहिलो टाँचाको रुपमा लगाएर प्रकाश गर्दा यो एउटा कागजको टुक्रा बाहिर ल्याएको छ। तर यो नेपाली जनाताहरुको मुक्तिको लागि आफ्नो जीवन अर्पण गर्ने, नेपालीहरुको समृद्दि र सुविधाका लागि आफ्नो जीवन अर्पण गर्नु हुने र मान्छेले स्वतन्त्र भएर बाच्न पाउनुपर्छ भनेर राजनीतिक हकअधिकार र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको लागि आफ्नो ज्यान आहुती दिने सहिदहरुको हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु सबैभन्दा ठूलो कुरा हो,’ उनले भने।












