प्रधानमन्त्रीलाई रास्वपा संसदको प्रश्न– के तपाईं हिटलर बन्दै हो?
‘के तपाईं हिटलर हो? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरिएछ, केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो,’ उनले भने, ‘संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो।’
काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के तपाईं हिटलर बन्दै हो भन्दै प्रश्न गरेका छन्।
मंगलबारको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद खनालले प्रश्न सोधेकै भरमा संसद छिर्ने पास निलम्बन गरेको भन्दै प्रधानमन्त्रीलाई के तपाईं हिटलर हो? भन्दै प्रश्न गरेका हुन्।
‘के तपाईं हिटलर हो? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरिएछ, केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो,’ उनले भने, ‘संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो।’
रास्वपा सांसद खनालले संसद निरन्तर सत्ताको छार्या बन्दै गएको आरोप लगाए। उनले सन् १९३० को जर्मनीको इतिहास पढ्न पनि सुझाव दिए।
‘हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जतिबेला उनी सरकारमा गएर लोकतान्त्रिक अधिकार कटौती गरे, निरंकुश बने,’ उनले भने।
अहिलेको सरकारले पनि त्यही अभ्यास गरिरहेको सांसद खनालले बताए।