Kathmandu Press

सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दोे विषय हो : प्रभु साह

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताए।
सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दोे विषय हो : प्रभु साह

काठमाडौं, फागुन २१ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन्। 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताए।

Hardik ivf

‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं। सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनको लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाइराखेका छन्। हिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ। सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ,’ उनले भने, ‘यो विषय यसरी संसदको नै अपमान हुनेगरि प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जररी छ। होइन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन्? मिल्छ भने यसमा कानून लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु।’

केही दिनअघि उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनको लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाएका थिए। त्यही विषयमा आज साहले संसदमा कुरा उठाएका हुन्।
 

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्